SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

एनसेलका सीईओ माइकल प्याटरिक फोलेले दिए राजीनामा

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याटरिक फोलेले पदबाट राजीनामा दिएका छन् । फोलेले भदौ ९ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामाबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी गराइएको एनसेलले जनाएको छ ।