SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

हेफर इन्टरनेशनल नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

काठमाडौं । हेफर इन्टरनेशनल नेपाल र संस्थाका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरेको हो ।