SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ । उक्त खण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रको काम धमाधम अघि बढेको छ । उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ ।