SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना, अझै तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना छ । अन्य प्रभावित क्षेत्रमा भने मध्यम वर्षा हुनसक्ने उनले बताइन् ।