गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना शेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको बैंक संचालक समिति बैठकले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद तथा १० प्रतिशत बोनस शेयर गरि २० प्रतिशत लाभांस घोषणा गरेको हो ।
