प्रतिनिधिसभा बैठक २४ गतेसम्मका निम्ति स्थगित
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भदौ २४ गते बस्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि अर्को बैठक भदौ २४ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले रसुवा बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
