SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णयहरु

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च र घाइते भए निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । उद्धारका क्रममा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ ।