SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

रास्वपाले विपद्पछिको खोज, उद्धार र राहतमा सरकारलाई सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राकृतिक विपद्पछिको खोज, उद्धार तथा राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उद्धार र राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका काममा सरकारको क्षमता बलियो बनाउने गरी पार्टी अघि बढ्ने बताए ।