SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई कुलमानले दिए विपद् व्यवस्थापनबारे यस्तो सुझाव

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी विपद् व्यवस्थापन, उद्धार तथा पूर्वाधार विकासका विषयमा सुझाव दिएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा घिसिङले भोटेकोशी विपत्तिबाट सिर्जित समस्या समाधान तथा दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित र मौखिक सुझाव दिएका हुन् ।