SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

गगन थापाको अपिल : ‘बाढीपीडितलाई सहयोग गर्न सक्ने जुटौँ, नसक्नेले कटु वचन नबोलौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सबैलाई जुट्न आह्वान गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र सहयोग गर्न नसक्नेले कम्तीमा कटु वचन नबोल्न आग्रह गरेका हुन् । ‘मेरो एउटा अनुरोध छ सहयोग गर्न सक्ने सहयोगमा जुटौं ।