SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

रास्वपाको सचिवालय बैठक जारी, विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रिय कार्यालयमा बिहान पौने ११ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा हालैको भोटेकोशी बाढीका कारण मुलुकमा उत्पन्न विपद्को स्थिति तथा त्यस सम्बन्धमा सरकारले गरेको कामकारबाही र समीक्षाबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ ।