SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

कृष्णभिरमा पहिरो : दुवै छेउबाट रुख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउने काम अघि बढाइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख काट्ने काम भइरहेको छ । रुख काट्ने काम सकिएपछि निर्माण उपकरण प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिने मन्त्रालयले जनाएको छ ।