सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको मर्मतसम्भार सुरु
काठमाडौं : जेनजी आन्दोलनका क्रममा आगजनीबाट आंशिक क्षति पुगेका सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको मर्मत सम्भार भइरहेको छ। आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारका केही मन्त्रालयबाटै पुनः काम सुरु गर्न मर्मतसम्भारका साथै रंगरोगन भइरहेको हो।आगजनी तथा तोडफोडबाट क्षति भएका मन्त्रालयका झ्याल ढोका परिवर्तन गर्ने, फर्निचर लगायतका आवश्यक सामाग्री राख्ने काम भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ।
