SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

एमाले सांसदहरुले १५ दिनको पारिश्रमिक रसुवा बाढीपीडितलाई दिने

नेकपा एमालेका संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि दिने भएका छन् । एमालेको मंगलबार बसेको संसदीय दलको बैठकले संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।