बाढीका मृतकको शव व्यवस्थापनमा चुनौती, काठमाडौंमा पनि शव गाडेर व्यवस्थापन
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा गम्भीर समस्या देखिएपछि काठमाडौंमा पनि जमिनमा गाडेर व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । देशभरका अस्पतालहरूमा रहेका शवगृहको क्षमता भन्दा बढी शव संकलन भएपछि सरकारले सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
