टनेल रेस्क्युमा काम भइरहेको छ, प्रगति हुन सकेको छैन : परराष्ट्र मन्त्रालय
रसुवामा आएको बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल)मा फसेकाहरूको उद्धारमा अझै प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी कठिन भौगोलिक अवस्थाका कारण सुरुङमा फसेकाहरूको उद्धारमा अपेक्षित प्रगति हुन नसकेको जानकारी दिएको हो ।
