SHARE
अन्नपूर्ण · आइबार​ ५ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

कोरिया रोजगार: रोस्टरमा रहेकाहरूलाई कसले इस्यु गराउँछ ?

काठमाडौं : कोरियन भाषा उत्तीर्ण गरेर रोस्टरमा नाम रहेकाहरू ठगीमा पर्न सक्ने जोखिम बढेको छ। रोस्टरमा नाम रहेकाहरूलाई इस्यु गराइदिने भन्दै ठगी गर्नका लागि केही समूह सक्रिय बनेको भन्दै ईपीएस कोरिया शाखाले यसको पछि नलाग्न आग्रह गरेको छ। शनिबार सूचना जारी गरेर रोस्टरमा रहेकाहरूको इस्सु गराउने आश्वासन दिने गरेको गुनासोहरू सामाजिक सञ्जालमा आउन थालेपछि शाखाले सूचना जारी गरेर सचेत गराएको हो।