सेवाग्राही सहजीकरण कक्ष तथा गुनासो सुनुवाइ कक्षको व्यवस्था गर्न सबै मन्त्रालयसँग आग्रह
काठमाडौं : प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालय/निकायमा सेवाग्राहीहरूलाई उपलब्ध गराउने सेवा झन्झटरहित, छिटो र छरितो तरिकाले प्रवाह गर्ने गरी उपयुक्त र विनम्र कर्मचारीसहितको सेवाग्राही सहजीकरण कक्षको व्यवस्था गर्न आग्रह गरिएको छ। यही भदौ दुई गते बसेको मुख्यसचिव एकनारायण अर्यालस्तर बैठकले सबै मन्त्रालयलाई पत्र लेख्दै नागरिकहरूलाई प्रवाह गर्ने सेवा प्रभावकारी बनाउन सेवाग्राही सहजीकरण कक्ष तथा गुनासो सुनुवाइ कक्षाको व्यवस्था गर्न आग्रह गरिएको हो।
