धरान उपमहानगरपालिकाले बल्ल सार्वजनिक गर्यो २ अर्ब २० करोडको बजेट
सुनसरी : लामो प्रतीक्षापछि सुनसरीको धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार उपमेयर अइन्द्रविक्रम बेघाले नगरसभामा बजेट प्रस्तुत गर्दै यो वर्ष सामाजिक पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको बताए।नगरपालिकाले २० वटै वडामा सन्तुलित विकास सुनिश्चित गर्न बजेट वितरण गरेको छ।
