ट्रम्पले लगाए सीपयुक्त कामदार भिसामा १ लाख डलर अतिरिक्त शुल्क
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सीपयुक्त कामदारका लागि हुने एच–१बी भिसा कार्यक्रममा आवेदन दिनेलाई वार्षिक १ लाख डलर (७४ हजार पाउण्ड) अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।शुक्रबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले आप्रवासनमाथि कडाइ गर्ने अभियानको अर्को कदम भनेका छन्। ट्रम्पको आदेशमा उक्त कार्यक्रमको दुरुपयोग भएको उल्लेख गर्दै शुल्क तिर्न नसके प्रवेश प्रतिबन्ध लगाइने भनिएको छ।
