सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने
सभामुख डोल प्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
