SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् । जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।