युरोपेली विमानस्थलमा साइबर आक्रमण, उडानमा ढिलाइ
काठमाडौं : केही युरोपेली विमानस्थल साइबर आक्रमणको सिकार भएका छन्। यसले इलेक्ट्रोनिक चेक–इन र सामान प्रणालीलाई असर गरेको छ।साइबर आक्रमण गरिएका विमानस्थलमा हिथ्रो, ब्रसेल्स र बर्लिन विमानस्थल समावेश छन्।हीथ्रो विमानस्थलले सम्भावित ढिलाइबारे चेतावनी दिएको छ। यो समस्या कोलिन्स एयरोस्पेसद्वारा धेरै एयरलाइन्सलाई आपूर्ति गरिएको सफ्टवेयरसँग सम्बन्धित रहेको बताएको छ।
