वचन न्युजले गर्यो रसुवामा बाढीपीडितलाई दोस्रो चरणको राहत वितरण
बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकका लागि वचन न्युजको टोलीले दोस्रो चरणको राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरेको छ। पत्रकार सीमा ठकुरीको नेतृत्वमा गएको टोलीले जोखिमपूर्ण सडक तथा चुनौतीपूर्ण यात्रा पार गर्दै प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित तथा प्रभावित परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको हो।
