SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितलाई एनआईसी एशिया बैंकको २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको हो।