SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

यस वर्षको ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ आशीष ज्ञवालीलाई

नेपालका लघुवित्तका पिता डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ। डा. हरिहरदेव पन्त फाउन्डेसनले डा. पन्तको ११औँ वार्षिक पुण्य स्मृति दिवसका अवसरमा भदौ २१ गते आइतबार ज्ञवालीलाई पुरस्कार प्रदान गर्ने जनाएको छ।