बाढीमा गुमेका भारतीय आफन्त खोज्दै हुनुहुन्छ ? दूतावासले सार्वजनिक गर्यो शव पहिचानको प्रक्रिया
नेपालस्थित भारतीय दूतावासले अगस्ट २६ मा आएको बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई तस्बिर वा डीएनए प्रोफाइल उपलब्ध गराएर शव पहिचान प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ।
