SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा ५१ लाख सहयोग

नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । दुबईमा व्यवसाय गरिरहेका पुडासैनी नेपाल आएर ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।