SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०३:३९ AM · 1 मिनेट पढाइ

युएईद्वारा नेपाललाई ६० टन उद्धार सामग्री र १ अर्ब सहयोग

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले बाढी तथा विपद् प्रभावित नेपालका लागि करिब ६० टन राहत र उद्धार सामग्रीका साथै १ अर्ब रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ। युएईबाट सोमबार राति ल्याइएको उक्त उद्धार सामग्री नेपाल सरकारले औपचारिक रूपमा बुझिलिएको छ। विपद्को समयमा युएई सरकारले नेपाललाई गरेको यो दोस्रो चरणको सहयोग हो।