SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०५:३८ PM · 1 मिनेट पढाइ

हिमालयन बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।