SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित : सयौं बेपत्ता, १८ विद्यालय ध्वस्त

भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ । प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन । हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ७८८ जनाको मृत्यु भइसकेको छ ।