SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपअन्तर्गतका कम्पनी तथा ग्रुपसँग एसोसिएट भएका कम्पनीहरूको तर्फबाट १० करोड रुपैयाँ सहयोग गरिएको बताएका छन् । ढकालका अनुसार उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो । उनले विपद्पछि राहत तथा उद्धारका लागि निजी क्षेत्र, आम नागरिक र सरकार सबै एकजुट हुनुपर्ने बताए ।