SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

प्राधिकरण कर्मचारीको प्रधानमन्त्रीसँग गुहार- ‘अब पर्खने समय छैन’

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले सुरुङमा फसेका आफ्ना सहकर्मी तथा अन्य आयोजनामा कार्यरत कामदारको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सामूहिक विन्तीपत्र पठाएका छन्। आफ्नो परिचय खुलाउँदा सरकारको कोपभाजनमा पर्ने डरले छद्म नाममा लेखिएको पत्रमा सुरुङभित्र रहेका मानिसको जीवन बचाउन हरेक मिनेट महत्त्वपूर्ण भए पनि उद्धार कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख छ।