रसुवा बाढी : सेनाको हेलिकप्टरबाट ३३० जनाको उद्धार, सुरुङमा खोजी जारी
रसुवामा आएको बाढीपछि प्रभावितको उद्धार तथा खोजी कार्यलाई नेपाली सेनाले निरन्तरता दिएको छ। नेपाली सेनाका अनुसार दिउँसो १ः३० बजेसम्म सेनाका हेलिकप्टरमार्फत ३३० जनाको उद्धार गरिएको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा समेत सेनाको विज्ञ टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ।
