SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस नभेटिएपछि सेनाको उद्धार टोली धुन्चे फर्कियो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशङ्कामा चलाइएको खोजी कार्य पूरा गरी सैनिक नेतृत्वको उद्धार टोली धुन्चे फर्किएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार सेनाको टोली इन्जिनियर तथा ड्रोन टोलीसहित सुरुङको अन्तिम विन्दुसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै मानिस फेला नपरेपछि टोली फर्किएको हो।