रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव
पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको दुःखद खबर सार्वजनिक भएको छ । रसुवामा आएको बाढीले ठुलो जनधनको क्षति पु¥याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनाएको छ ।
