SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०३:०६ AM · 1 मिनेट पढाइ

एमाले मधेस प्रदेशले बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने

नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा तथा प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा बर्दिबासमा आइतबार बसेको बैठकले मधेस प्रदेशका आठवटै जिल्लाबाट २५ जनाका दरले २०० जना स्वयंसेवक बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो ।