SHARE
पर्दाफास · आइबार​ १४ भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ : भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन् । कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापन गर्दा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको विषयसमेत उठिरहेको बताए ।