SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

आज राती यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ। यस्तै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।