सुडानको मस्जिदमा ड्रोन आक्रमण, ७८ जनाको मृत्यु
काठमाडौं : सुडानको दारफुर क्षेत्रको एक मस्जिदमा ड्रोन आक्रमणमा परी ७० भन्दा बढी मानिसको मृत्यु भएको एक वरिष्ठ चिकित्सा स्रोतले बीबीसीलाई बताएको छ।शुक्रबार अल–फशेर शहरमा भएको आक्रमणका लागि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई दोष लगाइएको छ। तर उक्त समूहले जिम्मेवारी लिएको छैन।आरएसएफ र सेना दुई वर्षभन्दा बढी समयदेखि भीषण गृहयुद्धमा फसेका छन्। अर्धसैनिक बलहरूले जमिन कब्जा गरिरहेका छन्। सम्पूर्ण अल–फशेरको नियन्त्रण कब्जा गर्ने प्रयास गरिरहेका छन्।
