SHARE
कालिका खबर · शुक्रबार​ १२ भौ २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

भदौ १० को भोटेकोशी बाढीपीडितलाई दुप्चेश्वर धामको पाँच लाख सहयोग

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि दुप्चेश्वर क्षेत्र विकास कोष (श्री दुप्चेश्वर महादेव धाम) ले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतका लागि सहयोग आवश्यक रहेको भन्दै दुप्चेश्वर क्षेत्र विकास कोषले रु. ५ लाख नेपाल सरकारको नाममा जम्मा गर्ने निर्णय गरेको हो। विपत्तिको यस कठिन परिस्थितिमा पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै कोषले सहयोग गर्ने निर्णय गरेको जनाएको छ।