कुमार बोगटीद्वारा विपद् प्रभावित नागरिकका लागि ५५ हजारभन्दा बढी सहयोग
काठमाडौं । बोगटी एण्ड डटर्स अटोमोबाइल्स प्राइभेट लिमिटेडका सञ्चालक तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका केन्द्रीय महासचिव कुमार बोगटीले विपद् प्रभावित नागरिकहरूको सहयोगका लागि कुल रु. ५५ हजार ५५६ आर्थिक सहयोग गर्नुभएको छ। उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४० हजार ४१ तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघको खातामा रु. १५ हजार ५१५ सहयोग प्रदान गर्नुभएको हो। नेपाल रिकन्डिसन अटो व्यवसायी संघले विपद् प्रभावित नागरिकहरूको सहयोगका लागि आफ्नो खातामा संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
