SHARE
कालिका खबर · शुक्रबार​ १२ भौ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

नाडा अटो शोमा प्रोटोन ईमास ५ को आकर्षण, डेलिभरी पनि सुरु

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो–२०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूबीच प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ। यही क्रममा मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ईमास ५ को नियमित मूल्य तथा ग्राहक केन्द्रित अफर सार्वजनिक गरेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रतिनिधि दिपेश पौडेलका अनुसार करिब एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको ईमास ५ को डेलिभरी समेत सुरु भइसकेको छ। उनका अनुसार ईमास ५ चार हजार मिलिमिटरभन्दा बढी लम्बाइ भएको कम्प्याक्ट एसयूभी हो।