SHARE
कालिका खबर · शुक्रबार​ १२ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

बेत्रावती प्रहरी चौकीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला

काठमाडौँ। रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिएका छन् । तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका असई पौडेलको शव चितवनमा भेटिएको हो । नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनमा डीएसपी चन्द्रभुषण यादवले बताए । जिल्ला अस्पताल चितवनमा पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन् । चितवनमा फेला परेको अर्को एउटा शवको पनि सनाखत भएको छ । बाँकेको कोहलपुर घर भएका २३ वर्षीय कविलाल चौधरीको पहिचान खुलेको हो ।