SHARE
कालिका खबर · शुक्रबार​ १२ भौ २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

सुदूर सरकारले बाढीपीडितलाई दुई करोड सहयोग

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु दुई करोड प्रदान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सहायता रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गर्ने निर्णय भएको सरकारका प्रकाशबहादुर रावलले जानकारी दिए । साथै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय भएको छ । यसैगरी, बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको सदस्यमा गङ्गादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ ।