SHARE
कालिका खबर · शुक्रबार​ १२ भौ २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

वर्षा र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक पूर्ण रूपमा ठप्प हुनुका साथै नदी तटीय तथा जोखिमयुक्त सडकखण्डहरूमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । राजधानी जोड्ने मुख्य धमनी मानिने पृथ्वी राजमार्गका विभिन्न स्थानमा दुवैतर्फको आवागमन ठप्प बनेको छ ।