SHARE
कालिका खबर · शुक्रबार​ १२ भौ २०८३ ११:११ AM · 1 मिनेट पढाइ

लिपमोटर सी१० २०२६ मोडलको विशेष अफर मूल्य ७५ लाख ९९ हजार रुपैयाँ

काठमाडौँ । गोल्छा अर्गनाइजेसन अन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो इलेक्ट्रिक एसयूभी लिपमोटर सी१० को २०२६ मोडलका लागि विशेष अफर मूल्य सार्वजनिक गरेको छ। कम्पनीले सी१० २०२६ मोडललाई ७५ लाख ९९ हजार रुपैयाँको विशेष अफर मूल्यमा उपलब्ध गराउने जनाएको छ। उक्त अफर अवधि समाप्त भएपछि गाडीको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ कायम हुने बताइएको छ। नयाँ २०२६ मोडलमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधाहरू थप गरिएको छ। यसमा गाडीको आधिकारिक लिपमोटर एप, एप्पल कारप्ले तथा एन्ड्रोइड अटोको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।