भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, १ हजार ५४५ को उद्धार
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या ४६९ पुगेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ७ बजेसम्म रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो । यसैगरी, हालसम्म १ हजार ५४५ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका ३ जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा ८४ जना घाइते उपचाररत तथा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
