SHARE
कालिका खबर · शुक्रबार​ १२ भौ २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

सुरुङभित्र फसेकाहरूको खोज र उद्धार जारी

काठमाडौं । रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो)को सुरुङ (टनेल)भित्र बाढीका कारण फसेकाहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ । जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ । सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको छ । टनेलको अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।