छुट मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र
खाँदबारी, ३ असोज । अरुण तेस्रो जलविद्युत् परियोजनाअन्तर्गत छ्याङकुटी–दिदिङ प्रवेश मार्गको जिरो प्वाइन्टदेखि २९ किलोमिटर सडकखण्डको छुट मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घर्ष समितिले आज प्रजिअ सिर्जना थपलियालाई विभिन्न नौ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
